kumari
stcnepal

प्रचण्ड माधवको मांसाहारी आन्दोलनमा के होला ?

काठमाडौं । मरेको प्रतिनिधिसभा ब्यूँतियो भने के हुन्छ ? प्रचण्ड प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष । देश र जनताले पाउने के हो ? भ्रष्टाचार रोकिन्छ, नातावाद, माफियाकरण बन्द हुन्छ ?

खाली प्रधानमन्त्री फेर्नका लागि यति ठूलो आन्दोलन । अझ आन्दोलिन प्रचण्ड माधव गुटले घोषणा गरेको छ– शाकाहारी आन्दोलनले भएन रे । त्यसो भए आज देखि सडकमा यो गुटले मच्चाउने मांसाहारी आन्दोलन नै हो त ? माओवादी जनयुद्ध नेकपाभित्रको सत्ता झगडाले बनाउने भयो– नेपाललाई स्लटर हाउस् । अर्थात् बधशाला ।

यसैको लागि यिनले दुई तिहाइ मागेका थिए ? जनताले आफै मारिनका लागि यिनलाई दुई तिहाइ दिएर चुनाव जिताएका थिए ?

प्रचण्ड माधव नेपालले चुनावका बेलामा, चुनावी घोषणापत्रमा जे कबुल गरेका थिए, त्यसको कहिल्यै परिपूर्ति गरेनन् । यसकारण प्रतिनिधिसभा पुनस्र्थापना भयो भने यिनीहरु सडकबाट सत्तामा जानेछन् र यिनले गर्ने भनेको नातावाद, जनदमन, भ्रष्टाचार र राष्ट्रघात नै हो । यस्तो व्यभिचार गर्दैनौं भनेर यिनले कहिल्यै भनेनन् ।

जनताहरुले होस् पु¥याउने बेला यही हो भन्छन् विश्लेषकहरु ।

footer