kumari
stcnepal

नेप्से परिसूचक ८ अङ्कले बढेर बजार बन्द

काठमाण्डौ । बिहिबार लगातार नेप्से परिसूचक तेस्रो दिन पनि बढेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम निकै न्यून भएको छ ।

आज नेप्से परिसूचक ८ अङ्कले बढेर समग्र बजार २२३९ विन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकम ८८ करोडमा सीमित भएको छ । आज दिनभरिमा २२२ कम्पनीहरूको शेयर किनबेच भएकोमा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज बैंक उपसूचक र बीमा समूह बढेको छ भने होटल र अन्य उपसूचक सबै भन्दा धेरै घटेको छ । आज मेघा बैंकको शेयर मूल्यमा सर्किट लागेको छ भने कारोबारमा पनि यही कम्पनीको सबै भन्दा अघि रहेको छ ।

 

 

footer