kumari
stcnepal

राजस्थान रोयल्स आईपीएलको फाइनलमा, फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्ने

काठमाडौं ।राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो ।

फाइनलको यात्रा तय गर्ने क्रममा राजस्थानले बैंगलोरले दिएको १५८ रनको लक्ष्य १८.१ बलमा ३ विकेटकफ क्षतिमा भेटायो । जोस बट्लरको नटआउट १०६ रनको मद्दतमा राजस्थानले लक्ष्य भेटाएको हो । यस्तै, कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन जोडे ।

बलिङ तर्फ बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना तीन/तीन विकेट लिए । फाइनल खेल आइतबार राति सवा ८ बजे हुँदैछ ।

 

 

footer