kumari
stcnepal

च्याम्पियन्प लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिड सँग खेल्ने

काठमाडौं ।शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिड सँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ ।

प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ । प्रिमियर लिगमा वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि पाएका जर्गेन क्लोपले यस खेलमा आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछन् । उनले यस सिजनको १० महिनामा लिभरपुलको पहिचानलाई परिवर्तन गरेका छन् ।

उनको लागि शनिबार राति हुने खेल कतिको महत्वपूर्ण हुनेछ र कुन तरिकाको खेल प्रदर्शन गर्नेछन् भन्ने कुरा उनले गत १० महिनामा गरेको कामबाट प्रतिविम्वित हुन्छ ।

लिभरपुलका लागि धेरै कुराहरु एकैपटक भए । अगष्टमा सिजन सुरु हुँदाको समयमा फर्किने हो भने यो क्लबले एउटा पनि उपाधि जित्नेमा शंका गर्नेहरु धेरै थिए । अहिले दुई उपाधि जितिसकेको छ, प्रिमियर लिगमा एक अंकले चुकेको लिभरपुल चार वर्षमा दोस्रोपल्ट च्याम्पियन्स लिग उपाधि नजिक छ ।

 

 

footer