kumari
stcnepal

रियल मड्रिडलाई कीर्तिमानी १४ औँ च्याम्पियन्स लिगको उपाधि

काठमाडौं ।लिभरपुललाई हराउँदै रियल मड्रिडले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पेरिसमा खेलिएको खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियन माथि खेलको सुरुवात देखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो म्यानेजर बनेका छन् । उनले यसअघि लिभरपुल र एसी मिलान सँग यो प्रतियोगिता जितेका थिए ।एजेन्सी

 

footer