kumari
stcnepal

कस्तो रहला आजको मौसम ? चट्याङ सहित पानी पर्ने सम्भावना

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा बदली भइरहेको मौसम विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलवार राति प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

footer