kumari
stcnepal

चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस सहित अन्यको शुल्क, कति पुग्यो अब ?

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । आयोगको मंगलबार बसेको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

उनले भने ‘हामीले गत वर्षको मुद्रा स्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’ यसअघि आयोगले उपत्यका भित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँ बाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

यस्तो छ नयाँ मूल्यसूचीः

कार्यक्रम बढेको शैक्षिक शुल्क

एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७

एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१

बीडीएस २०,९२,२८४

बीएससी नर्सिङ १०,३६,०००

बीपीटी/बीएससी एमएलटी/बीएससी एमआईटी

बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,०००

बीएएमएस ११,३१,९३३

बीएनएस एन्ड पीबीएन ५,१८,०००

बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००

एमडी/एमएस क्लिनिकल २३,८१,७६४

एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७

एमडीएस क्लिनिकल २३,८१,७६४

एमडीएस बेसिक साईन्स १०,८५,८६७

एमडी आयुर्वेद ९,५७,६४२

एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७

एम फार्मा ५,१९६५७

एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री

/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४

एमएससी बेसिक साईन्स ७,५७,८३४

एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६

डीएम/एमएचसी २५,९०,०००

 

footer