प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस सहित अन्यको शुल्क, कति पुग्यो अब ?

520
shares

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । आयोगको मंगलबार बसेको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

उनले भने ‘हामीले गत वर्षको मुद्रा स्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’ यसअघि आयोगले उपत्यका भित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँ बाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

यस्तो छ नयाँ मूल्यसूचीः

कार्यक्रम बढेको शैक्षिक शुल्क

एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७

एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१

बीडीएस २०,९२,२८४

बीएससी नर्सिङ १०,३६,०००

बीपीटी/बीएससी एमएलटी/बीएससी एमआईटी

बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,०००

बीएएमएस ११,३१,९३३

बीएनएस एन्ड पीबीएन ५,१८,०००

बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००

एमडी/एमएस क्लिनिकल २३,८१,७६४

एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७

एमडीएस क्लिनिकल २३,८१,७६४

एमडीएस बेसिक साईन्स १०,८५,८६७

एमडी आयुर्वेद ९,५७,६४२

एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७

एम फार्मा ५,१९६५७

एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री

/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४

एमएससी बेसिक साईन्स ७,५७,८३४

एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६

डीएम/एमएचसी २५,९०,०००

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports