kumari
stcnepal

२०५१ सालको प्रवृत्ति नदोहारियोस्

काठमाडौ । प्रतिनिसभाको पुर्नबहाली भएपनि तत्कालका लागि समस्याको समाधान भएको जस्तो देखिएपनि दलहरुले भने जस्तो सहज अवस्थामा रहँदैन । संसद पुर्नस्थापना भएकोले संसदको माहोल फरक हुन्छ । नेकपाका अध्यक्ष एवं पंधानमन्त्री ओलीको राजिनामा एक पक्षले माग्न सक्छन् तर ओलीले नै संसदबाट विश्वासको मत लिन सफल भएको खण्डमा के पुष्पकमल दाहाल र माधव नेपाल पक्षलाई स्वीकार होला ?

संसदको प्रमुख विपक्षी दलले ओलीलाई नै विश्वासको मत दिएको खण्डमा दाहाल नेपालको अवस्था कस्तो होला ? पछिल्लो अवस्था हेर्दा प्रतिनिधिसभा पुर्नस्थापना भएकोले ओली पक्ष र नेपाली कांग्रेस सहितको सरकार निर्माण हुन सक्छ । नेकपा आजसम्म वैधानिक रुपमा विभाजित भएको छैन । निर्वाचन आयोगले नेकपाको विवादलाई समाधान गर्न सकेको छैन । संसदबाट बैकल्पिक सरकार निर्माण हुन लागि नेकपा वैधानिक रुपमा विभाजित हुनुपर्ने पहिलो आवश्यकता हो । प्रतिनिधिसभा विघटन हुने दिन पुस ५ गते सम्ममा पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालका नेता केपी ओली नै हुन् । बैधानिक रुपमा नेकपाको संसदीय दलका नेता आजपनि केपी ओली नै हुन् । नेकपाको संसदीय दलको नेताबाट पुस ५ गते सम्माम ओलीलाई हटाइएको छैन । संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरिएको थिएन । संसदमा रहेको जम्मा संख्या २ सय ७५ मध्ये नेकपाका १ सय ७४ सांसद रहेका र विपक्षीमा १ सय १ मात्र रहेकाले त्यसबेला बैकल्पिक सरकार बन्न सक्थ्यो भनेर सोच्नु नै गलत थियो । सरकार निर्माणका लागि कम्तिमा १ सय ३८ सांसदको आवश्यकता पर्दछ । जो नेकपा विभाजित नभई सम्भव नै थिएन, छैन ।

अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको निर्णय सुनाउँदै संसदबाटै बैकल्पिक सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर हेर्नुपर्दथ्यो । अदालतमा भएका बहस पैरवी गर्ने कानुन व्यवसायीहरुले आ आफ्नो पक्षको बहस गरेका हुन् । उनीहरु बहस गर्दा आ आफ्नो पक्षको पक्षपोषण गरेका र आ आफ्ना तर्क राखेपनि लोकतान्त्रिक पद्दतिमा कमजोर कार्यकारी प्रधानमन्त्रीको परिकल्पना गर्न सकिँदैन भने आम जनताको राय रहेको छ । कमजोर प्रधानमन्त्रीले राज्य सञ्चालन गर्न सक्दैनन् । प्रधानमन्त्रीलाई काम गर्न अवरोध भए उनले ताजा जनादेश लिन खोज्नु मुलुक र जनताकै हितमा हुनेछ त्यसैले अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर निर्वाचनको बाटो बन्द गरिदिएकोले अब त्यसको छिनोफानो संसदबाटै हुनुपर्ने भएको छ ।

footer