kumari
stcnepal

दाहाल–नेपालकै कारण सरकार बन्धक

काठमाडौ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले भन्दा पनि केपी ओली पुष्पकमल, दाहाल र माधव नेपालबीचको तिक्तता र व्यक्तिगत स्वार्थले गर्दा नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ । पार्टी विभाजनको असर नेकपाका प्रदेश सभा र प्रदेश सरकार हुँदै विभिन्न जनवर्गीय संगठनहरुमा समेत परेको छ । के पी ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि केही उल्लेखनीय कामहरु समेत भएका छन् तर सिंगो पार्टीले त्यस्ता कामहरुको प्रचार प्रसार गर्नुको बदला सरकारले गरेका राम्रो कामहरुको समेत अपनत्व नलिएको हुनाले राम्रा कामहरु समेत ओझेलमा परेका छन् ।

पार्टी एक हुँदा पनि ओली दाहाल नेपाल बीचको तिक्तताले गर्दा सरकारले विभिन्न सम्वैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन । सरकारलाई पार्टीले सहयोग नगरेकै कारण त्यस्तो सिफारिस हुन नसकेपछि सम्वैधानिक निकायहरु निस्कृय भएका थिए । सरकारले आवश्यक निर्णय गर्दा समेत पार्टीभित्रै बाट विरोध गरिने गरिएको थियो । पार्टीका आन्तरिक कार्यहरु समेत हुन सकेका थिएनन् । तीन पक्षबीच भागवण्डा नै समस्याको जड रहेको थियो । जब प्रधानमन्त्री अ‍ेलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन गराउने घोषण गरे त्यसपछि मात्र सरकारले स्वतन्त्रतापूर्वक काम गर्ने अवसर पाएको थियो ।

कोरोना भाइरसकै कारण जनता आक्रान्त भएका थिए । अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको थिाये । विकास निर्माणका अवसरोध सिर्जना भएको थियो । ती सबै कार्यहरुले अहिले द्रुत गतिमा अघि बढिरहेका छन् । विकसित मुलुकहरुले समेत कोरोना भाइरसको खोप जनतालाई लगाउन नसकिरहेको अवस्थामा ओली सरकारले भारतबाट खोप ल्याएर जनतालाई खोप लगाउन थालेको छ । पछिल्लो चरणमा भारतले दिएको १० लाख खोप अहिले धमाधम जनताले लगाईरहेका छन् भने सरकारले २० लाख खोप भारतबाट खरिद गरी १० लाख खोप फागुन ९ गते नेपाल ल्याइसकेको छ भने बाँकी १० लाख खोप यहि १८ गते नेपाल आउने पक्कापक्की भएको छ ।

पार्टीको विभाजन पछि मात्र पुष्पकमल दाहाल र माधव नेपालले जनतालाई सम्झिएका छन् । अहिले उनीहरुलाई जनता चाहिएका छन् । उनीहरुका अनुसार सरकारले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन कार्य गरेको उनीहरु बताईरहेका छन् । चुनावमा जाने सरकारको निर्णय प्रतिगमनकारी हो भने चुनाव नै हुनु हुँदैन भन्ने कार्य चाँहि कसरी अग्रगमनकारी हुन सक्छ । पार्टी विभाजन हुनु भन्दा अगाडि दाहाल–नेपाल पक्षले महंगी अभाव किन देखेनन् र अहिले मात्र देखे ? व्यक्तिगत स्वार्थ पूरा नभएकै कारण पार्टी विभाजन गराएर दाहाल–नेपाल पक्षले अहिले जनताको पक्षमा बोल्नु भनेको फेरी जनतालाई झुक्याएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नु बाहेक अन्य केही हुन सक्दैन । हो ओली सरकारले जनताले चाहे जति काम गर्न सकेको छैन तर त्यसको अर्थ काम नभएको भन्ने चाँहि होइन है ।

footer