kumari
stcnepal

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश

काठमाडौं। वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभ दोस्रो सेटमा घाइते भएपछी वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ ले जितेका थिए । तर, दोस्रो सेट ६-६ को स्थितिमा रहेको थियो । अब नाडालले फाइनलमा कास्पर रूड र मरिन क्लिक बीचको विजेता सँग खेल्ने छन् । उनले १३ पटक फ्रेन्च ओपन जित्दै कीर्तिमान कायम गरेका छन् ।

 

 

footer