kumari
stcnepal

नेपाल चौथो खेलमा दोस्रो पराजय ब्यहोरी यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं ।नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्ड सँग ४९ रनले पराजित भएको हो ।

यो हार सँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसिया सँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेल बाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेल बाट ८ अंक भएको छ ।

 

 

footer