kumari
stcnepal

प्रिओपन सेसनमा २ अङ्कले बढ्यो नेप्से

काठमाण्डौ ।केही समयको अन्तरालपछि शेयर बजारमा हरियाली फर्किएको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार पनि प्रिओपन २ अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आउन थालेको छ । यो सेसनमा आज १४ कम्पनीको शेयर किनबेच भएको छ । जसमध्ये दश कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी दुई कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज १ लाख ६९ हजार माथिको शेयर किनबेच भएको छ भने आइसीएफसी फाइनान्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । धेरै कारोबार हुने कम्पनीहरूको लघुवित्त अग्रस्थानमा रहेका छन ।

 

 

footer