kumari
stcnepal

विश्वकप लिग टूमा नेपाल ओमान सँग १३ रनले पराजित

काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमान सँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्ड स्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए । ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।  नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिका सँग खेल्नेछ ।

 

 

footer