kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । शनिवार बिहान जारी मौसमी बुलेटिनमा महाशाखाले सामान्य बदली सहित वर्षाको सम्भावना जनाएको हो ।

‘प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाइएको छ । शनिवार बिहान प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहेको जनाइएको छ ।

शनिवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने र प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ ।

आइतवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने र प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सोमवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

सोमवार राति प्रदेश १ र मधेश प्रदेशका केही स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बागमती प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

 

 

footer