kumari
stcnepal

माकुने रावलको सांसद पद धरापमा

काठमाडौ । सत्ताधारी दल नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठा नेता माधव नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेका छन् ।

चैत्र १६ गते माधव नेपाल माथि जतिबेला निलम्बन गरिँदै थियो । ठीक त्यही बेला नेपाल भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कोटेश्वरमै एक व्यापारीको घरमा गोप्य छलफलमा रहेका थिए । नेपाल २०३५ सालमा मालेपार्टी बनेयता पार्टीको मुख्य जिम्मेवारी रहेर एकछत्र रहँदै आएका नेता नेपाल सोमबार अर्थात चैत्र १६ गते नेकपा एमालेबाट निलम्बनमा परेका छन् ।

नेकपा एमालेको महासचिव भएर नेपालले १४ वर्ष सम्म पार्टीलाई सञ्चालन गरेका थिए । अब उनी निलम्बनमा परेसँगै उनीसँग दुईवटा मात्र विकल्प रहेका छन् । एउटा भनेको नेकपा एमालेमा समानान्तर कमिटीहरु बनाउँदै आफ्नो पक्षमा ओली बाहेकका कम्युनिष्टहरुलाई परिचालन गर्ने र अर्को भनेको नेकपा एमालेका ओली बाहेकका सँग सहकार्य गर्ने बाहेक उनीसँग अरु विकल्प बाँकी देखिँदैन । विगत डेढ वर्षदेखि उनी र उनको समूह माओवादी केन्द्रका अध्यक्षसँग निकट रहेका हुनाले उनीसहितका केही व्यक्तिहरु माअ‍ेवादी केन्द्रमा जाने सम्भावना समेत देखिएको छ । पार्टी अध्यक्ष ओलीले पार्टीहित विपरितका कार्य गरेको भन्दै नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेकै दिन अध्यक्ष ओलीले अर्को कदम चाल्छन् भन्ने बुझाईमा नेपाल रहेका थिए । त्यही कारण उनले प्राय प्रत्येक दिन दाहालसँग गोप्य रुपमा भेटघाट गर्दै आएका छन् ।

अलग पार्टी नेतासँग अलग पार्टीका नेताले प्रायः प्रत्येक दिन गोप्य रुपमा भेटघाट गर्नु पार्टी हित विपरितको कार्य हो । पछिल्लो समयमा नेपाल समूह नेकपा एमालेमा नरहने प्रायः निश्चित जस्तै थियो । नेकपा एमालेले नेपाल सहित भीम रावललाई सच्चिन समय दिएको र ६ महिनाका लागि निलम्बन गरेको समयभित्रमा पनि उनीहरुले पार्टी हित विपरितका कार्यहरु गर्दै गएको खण्डमा उनीहरुको सांसद पद समेत जान सक्ने सम्भावना रहेको छ ।

दल विभाजनसम्बन्धी ऐनमा एउटा पार्टीका सांसदहरु अर्को पार्टीमा गएमा वा पार्टीको केन्द्रीय समितिले कारबाही गरेको खण्डमा त्यस्तो जानकारी र पार्टीको निर्णय संसद सचिवालयमा दर्ता गराएमा सो विषयमा सभामुखले संसदकै बैठकमा कारबाहीको जानकारी १५ दिनभित्रमा गराउनुपर्ने र संसद चालु नभएको अवस्थामा सूचना पार्टीमा सूचना प्रकाशित गराएको खण्डमा स्वतः सांसदबाट जाने कानुनी व्यवस्था रहेकोले नेपाल र रावलको संसद पद समेत धरापमा परेको छ । उनीहरुसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसालको पद पनि धरापमा परेको भएपनि नेपाल पक्षले भने पार्टी अध्यक्ष अवैधानिक भन्दै आएका छन् । उनी कसरी अवैधानिक भए भने चाँहि केही बोल्न सकेका छैनन् ।

footer