kumari
stcnepal

नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम

काठमाडौं ।आज दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६९८ रुपैयाँ कायम भएको छ ।

 

 

footer