kumari
stcnepal

२७ गतेको फैसला कस्तो होला ?

काठमाडौ । पछिल्लो सयमा नेपालको राजनीति अनौठो मोडमा पुगेको छ । सत्ताधारी दल नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्वको फाइदा उठाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई पक्ष लागि परेका भएपनि उनीहरुको राजनीतिक चाल अहिलेकै अवस्थामा के हुन्छ भनेर भन्न सकिने अवस्था देखिएको छैन । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकै ठाउँमा उभिएको अवस्थामा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्न सक्छ । संसदको अंकगणित हेर्दा उनीहरुसँग नयाँ सरकार निर्माण गर्न संख्या रहेको छ । तर कांग्रेस र माओवादी केन्द्रले चाहेर मात्र सरकार ढल्दैन । जसपाका सबै ३२ जना नै सांसदले कांग्रेस र माओवादी केन्द्रलाई समर्थन गर्नुपर्दछ ।

ओली नेतृत्वको सरकारले जसपालेउठाउँदै आएका धेरै मागहरु पूरा गरेको र केही मागहरु पूरा हुने प्रक्रियामा रहेकाले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्ष ओली सरकारलाई नै समर्थन गर्न पर्ने पक्षा देखिएकाले कांग्रेस नेतृत्वमा अर्को सरकार बन्न सक्ने सम्भावना न्यून रहेको छ । सत्ताधारी दलका माधव समूहका २० जना सांसदले राजिनामा दिएको खण्डमा भने कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको सरकार बन्न सक्छ । कांग्रेसमा ६१ माओवादी केन्द्रमा ४८ र जसपाका १८ सांसद भएको खण्डमा १ सय २७ संख्या पुग्दछ । अहिले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन १ सय ३६ सांसदको आवश्यकता पर्दछ । एमालेका १ सय २१, ठाकुर पक्षका १६ र राप्रपा र नेपाल मजदुर किसान पार्टीका १÷१ सांसदले समर्थन गरेको खण्डमा १ सय ४१ सांसदले विश्वासको मत दिएको खण्डमा ओली सरकारले निरन्तरता पाउने देखिन्छ तर नेकपा एमालेकै माधव समूहमा सांसदहरुले राजिनामा दिएको खण्डमा वा फ्लोर क्रस गरेको खण्डमा ओली सरकार ढल्न सक्छ । यदि त्यसो भएको खण्डमा र माधव समूहमा २० जनाले राजिनामा दिएको खण्डमा भने कांग्रेस र माओवादी र यादव पक्षको सरकार निर्माण हुन सक्छ ।

राजनीतिक र कानुनी रुपमा माधव समूह अहिले पनि नेकपा एमालेकै रहेकोले उसले फ्लोर क्रस गरेर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्दा जनतामा जान कठिनाई हुने भन्दै बरु राजिनामा दिने कि भन्ने विषयमा छलफल र बहस चलाई रहेका हुनाले माधव समूहमा रहेका सांसदहरु फेरी केही ओली समूहमै जाने प्रायः निश्चित जस्तै देखिएको छ । यदि जनता समाजवादी पार्टी सिंगो भएर तटस्थ बसेको खण्डमा भने कांग्रेस र माओवादी केन्द्रको सरकार निर्माण हुन नसक्ने र ओलीले समेत विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना हुने भएकाले मुलुक ताजा जनादेशमा नै जान सक्ने सम्भावना समेत रहेको छ । त्यसको लागि माधव समूह नै निर्णयक हुने भएपनि सिंगो जसपा थप निर्णयक शक्तिका रुपमा रहेको देखिन्छ । यसको फैसला २७ गतेमात्र हुनेछ ।

footer