kumari
stcnepal

आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डको आग्रह

काठमाडौं ।आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर लगानीकर्ताले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको र केही सम्बोधनका क्रममा रहेको दाबी गरे ।

आन्दोलनरत लगानीकर्ता सँग वार्ता समिति बनाउन भन्दा पनि मागहरु कार्यन्वनयन मै जाउँ भन्ने नीति अनुसार माग सम्बोधनमा बोर्डले चासो राखेको पनि उनले बताए । ‘हामी सयम तालिका बनाएर लगानीकर्ताका मागहरु सम्बोधनका काम अघि बढाइरहेका छौं,’ हमालले भने, ‘लगानीकर्ताको मागहरु बोर्ड कै हुन् तिनीहरु केही कार्यन्वनयनका चरणमा छ, केही कार्यन्वयनमा गइसकेको छ ।’

गैरआवासीय नोपालीलाई आईपीओ आरक्षण गर्ने, ब्रोकर टीएमएस साना लगानीकर्ताका लागि चहिने एसएमई प्लेटफर्म र ब्रोकरको शाखा विस्तारको काम तीन महिना अघि देखि नै कार्यान्वयनमा गएको अध्यक्ष हमालले जानकारी दिए । मर्जर तथा इक्वेजिसनको अन्योलता हटाउने विषयमा पनि बोर्डको पहलमा काम भइरहेको भन्दै उनले साउन महिनाको अन्तिममा राष्ट्र बैंकको विनियमावली नै परिवर्तन हुँने जानकारी दिए । दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर पुर्नवलोकन गर्नका लागि पनि काम भइहरको हमालले बताए ।

 

 

footer