kumari
stcnepal

आज यि प्रदेशहरूमा भारी बर्षाको सम्भावना

काठमाडौं ।देशका विभिन्न भू–भागमा आज बिहानै देखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देश भरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

 

footer