kumari
stcnepal

नेपाल लाइफको सचेतनामुलक भिडियो (भिडियोसहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो ।

भिडियोमा कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बँचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ ।

भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।

पुष्कर महतोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गर्नुभएको छ । साथै सन्तोष दवाडीले सम्पादन गर्नुभएको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहनु भएको छ ।

 

footer