kumari
stcnepal

मोरङको रंगेलीमा आगलागि, एकको निधन, हत्या भएको प्रहरीको आशंका, अनुसन्धान शुरू

विराटनगर ।मोरङको रंगेली नगरपालिकाको बिर्ता बजार स्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको निधन भएको छ । गएराति भएको आगलागीमा परी ३३ वर्षीया बबिता मण्डलको निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजे तिर विराटनगरको कोसी अस्पतालमा निधन हो । तर, प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान थालेको छ । बबितालाई उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको हुनसक्ने प्रहरीको आशंका छ । सोधपुछका लागि प्रहरीले बबिताका श्रीमान २३ वर्षीय तिल्का मल्लिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले हाल घटना बारे अनुसन्धान थालिएको जानकारी दिए ।

पक्राउ परेका तिल्काले खाना खाने समय राति ९:४५ बजेतिर पत्नी सँग विवाद भएको बताएका छन् । सोही क्रममा एक्कासि घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शंकास्पद देखिएको डीएसपी श्रेष्ठले बताए । आफ्ना दाजु जगदीशको निधन भएपछि तिल्काले नातामा भाउजू पर्ने बबिता सँग पाँच वर्ष अघि विवाह गरेका थिए ।

 

 

footer