प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङको रंगेलीमा आगलागि, एकको निधन, हत्या भएको प्रहरीको आशंका, अनुसन्धान शुरू

520
shares

विराटनगर ।मोरङको रंगेली नगरपालिकाको बिर्ता बजार स्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको निधन भएको छ । गएराति भएको आगलागीमा परी ३३ वर्षीया बबिता मण्डलको निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजे तिर विराटनगरको कोसी अस्पतालमा निधन हो । तर, प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान थालेको छ । बबितालाई उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको हुनसक्ने प्रहरीको आशंका छ । सोधपुछका लागि प्रहरीले बबिताका श्रीमान २३ वर्षीय तिल्का मल्लिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले हाल घटना बारे अनुसन्धान थालिएको जानकारी दिए ।

पक्राउ परेका तिल्काले खाना खाने समय राति ९:४५ बजेतिर पत्नी सँग विवाद भएको बताएका छन् । सोही क्रममा एक्कासि घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शंकास्पद देखिएको डीएसपी श्रेष्ठले बताए । आफ्ना दाजु जगदीशको निधन भएपछि तिल्काले नातामा भाउजू पर्ने बबिता सँग पाँच वर्ष अघि विवाह गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports