kumari
stcnepal

कोरोना संक्रमितको संख्या बढदै, आज थपिए १०२ जना संक्रमित

काठमाडौं ।देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट ७२ तथा एन्टिजेन विधि बाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमित मध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमण मुक्त भइसकेका छन् । यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

 

 

 

footer