kumari
stcnepal

पुर्वराजाले आफ्नो जन्मोत्सव नमनाउने

 

काठमाडौ । पुर्वराजाले हिजो एक लिखित वक्तव्य प्रकाशित गर्दै मुलुक संकटमा परेको बेला यही असार २३ गते आफ्नो जन्मोत्सव उत्सवका रुपमा नपाउने निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गर्नूभएको । जो यसप्रकार छ–आजको विश्व एकतर्फ नयां ज्ञान विज्ञान र अत्याधूनिक प्रविधिको विकासमा अघि बढी रहेको छ भने दूर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयां रोगव्याधी र महामारीले सताई रहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौं । सहयोगी स्वास्थ्यकर्मीहरुको कर्तव्यपुर्वक उपचार, शूभेच्छुकहरूको शूभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सूधार आएको छ ।
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको बूझिएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ–जनजीवन दुःखद् छ ।
जनतामा पैदा भएको निराशा तथा भोग्नू परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौं । सबै नेपाली र देशी विदेशी शूभचिन्तकहरुबाट प्रकट हुने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।

footer