kumari
stcnepal

कोरोनाका संक्रमितको संख्या बढदै, आज थपिए ३९१ जना संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन् । तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार २७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

 

 

footer