kumari
stcnepal

आजपनि चट्याङ सहित वर्षा हुने

काठमाडौं ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तर तिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

 

footer