kumari
stcnepal

झापामा तिन किशोरी एउटै रूखमा झुण्डिएको अबस्थामा मृत फेला

काठमाडौं ।झापामा ३ किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा कचनकवल-५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बरिबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् । तीनै जना शनिबार दिउँसो देखि घर बाट बेपत्ता भएका थिए ।

 

 

footer