kumari
stcnepal

फेरि मेलम्चीमा बाढीपीडित

गत असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढीपहिरो आएर २० घर र लाखौँ मूल्यका खेत तथा घर बगाएको थियो । सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् ।
हाल मेलम्ची बजारवासीको पनि उस्तै पिडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिवारको बाढीपछि उनीहरू फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । शनिवार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर टहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले जानकारी दिए ।
उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयले दिएको जानकारीअनुसार राति ७ ः४५ बजे पुल बगाएको हो । मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधनको आवतजावत बन्द भएको छ ।
त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ
बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् ।अब मेलम्ची बजार देखीमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्षले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र “बाढी घट्ने, बढ्ने भइरहेको उनले जानकारी हुन् । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुखले जानकारी दिएका हुन् । त्यस्तै मनाङमा पनि धेरै धनजनको क्षति भएको छ ।

footer