kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं ।देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तर्फ सरदर स्थानमा र पूर्व तर्फ सरदर स्थान भन्दा दक्षिण दिशामा अवस्थित छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ । अरू प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी र लुम्बिनीका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

footer