काठमाडौं ।सूर्यकुमार यादवको शानदार ब्याटिङ प्रदर्शनमा भारत यूएईमा भइरहेको एसिया कप क्रिकेटमा लगातार दोस्रो खेल जित्दै सुपर फोरमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले हरायो ।
यसअघि पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत लगातार दुई खेल जित्दै ४ अंक जोडेर सुफर फोरमा पुगेको छ । समूह बी बाट अफगानिस्तान दुई खेल जितेर यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।
दुबई क्रिकेट मैदान हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको जिम्तो पाएको भारतले सूर्यकुमार र विराट कोहलीको अर्धशतकमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । यो जोडीले अन्तिम सात ओभरमा अविजिति ९८ रनको साझेदारी गरे । सूर्यकुमारले २६ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । विराटले ४४ बल खेल्दै अविजित ५९ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गरे ।