kumari
stcnepal

ऊर्जामन्त्रीको भनाई भ्रष्ट कर्मचारीलाई छाडिँदैन

काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएकी छिन्, सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै कुनै कर्मचारी अनियमितता र भ्रष्टाचारमा संलग्न भएको पाइए नछाड्ने बताएकी छिन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी रहेको छ । भुसालले भनिन्, ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहीँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ । भुसालले किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् ।

आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महसुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् । उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरूको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताए ।

उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भूमिगत गर्ने काम अगाडी बढेको बताए ।कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि सो जानकारी गराएका छन् ।

footer