kumari
stcnepal

एमाले अब माधव नेपालको पार्टीको नामबाट हट्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको हो । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी भएको छ । त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका हुन् ।

आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका थिए । पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ? नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना रहेको छ ।

footer