kumari
stcnepal

अफगानिस्तानको विमानस्थल बाहिर ७ जनाको मृत्यु

 

काठमाडौँ ।
अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले बताएको हो । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो । विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका हुन् तर, यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउन पनि बाइडेनलाई दबाब दिइरहेका छन् । बेलायती रक्षामन्त्री वालेसले सबै विदेशी नागरिकलाई यसै महिनाको अन्त्यमा निकाल्न संभव नहुने प्रक्रिया दिएका छन् । उनले कुनै पनि देशले यस्तो गर्न नसक्ने बताए । अमेरिकाले सैनिक बर्हिगमनको समयसीमा थपेमा बेलायतले साथ दिने उनले बताए ।

युरोपेली युनियनका विभाग नीति प्रमुख जोसेफ बोर्रेलले ६० हजार जनतालाई महिनाको अन्त्यसम्म निकाल्नु गणितीय रुपमा असम्भव रहेको बताए । उनले अहिलेसम्म ईयुले जागिर दिएका १ सय ५० देखि ५ सय अफगानीहरुलाई मात्रै निकाल्न सकिएको र यो संख्या अपर्याप्त रहेको बताए । ‘प्लेनहरु उडिरहेका छन् र मानिसहरु पीडामा छन्,’ उनले भने । एएफपीसँग कुराकानी गर्दै उनले युरोपेली देशका नागरिकलाई सहयोग गर्ने अफगानीहरु समेत विमानस्थल छिर्न नपाएको गुनासो अमेरिकी सेनासँग गरका हुन् ।

अमेरिका तथा युरोपेली देशहरुले आफ्ना नागरिक, आफुलाई सहयोग गर्ने अफगानी र जोखिममा रहेका अफगानीहरुलाई उद्धार गर्ने जनाएका छन् । अमेरिकाले यस्ता सहयोगीहरुलाई शरण दिनका लागि आफ्नो देशमा विशेष भिसा कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । तालिवानले काबुल कब्जा गरेयता, अमेरिका तथा युरोपेली देशका सेनाको सहयोगमा काम गरेका अफगानीहरु निकै डरमा रहेका छन् ।

footer