kumari
stcnepal

कुलमानको नियुक्तिको मिसिल झिकाउन आदेश

 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको छ ।
यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सुनुवाइ गर्दै मङ्गलवार मिसिल कागज झिकाउन आदेश दिएको हो ।
आदेशमा सर्वोच्चले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, घिसिङको नियुक्तिको निर्णय, शाक्यसँग विद्युत् प्राधिकरणले गरेको भनिएको सम्झौता पनि माग गरिएको छ । सो कागजात तीन दिन भित्र बुझाउन आदेशमा भनिएको छ । शाक्यले १ भदौमा घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसयता सो रिट हेर्न नभ्याइनेमा राखिएको थियो ।
सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नियुक्त गरेको थियो । यसअघि सर्वोच्चले सो रिटलाई मङ्गलवारको पेसीमा चढाएको थियो ।

footer