kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए १५ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा मुलुकभर १५ जना कोरोना संक्रमित थपिएका छन् । १५ सय ८४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा आठ जना कोरोनामुक्त भएका छन् । आज थपिएका नयाँ संक्रमित सँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ७७ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको बताइएको छ ।

footer