kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराई भू-भागमा कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसो बाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

footer