kumari
stcnepal

यस्तो रहनेछ आजको मौसम, जाडो बढदै

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । राती देशभर मौसम सामान्यतः सफा रहनेछ ।

तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसो बाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

footer