kumari
stcnepal

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

footer