kumari
stcnepal

आगामी तिन दिन चट्याङ सहित वर्षा हुने

काठमाडौं । स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौं सहित देशका धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।

महाशाखाले जारी गरेको मौसम विवरण अनुसार भोलि शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन,  चट्याङ र हावाहुरी सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

footer