kumari
stcnepal

आज थपिए ७६ जना कोरोनाका संक्रमित, जम्मा संक्रमितको संख्या २२७ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७६ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५१ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन पनि ३८ जना संक्रमित थपिएका थिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २२७ जना छ ।

footer