linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ७६ जना कोरोनाका संक्रमित, जम्मा संक्रमितको संख्या २२७ पुग्यो

598
shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७६ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५१ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन पनि ३८ जना संक्रमित थपिएका थिए ।

यस्तै, पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २२७ जना छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports