kumari
stcnepal

लखनउ सुपर जायनट्सले सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गर्यो

काठमाडौं । क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गरेको छ ।

आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।

घरेलु मैदान अटल बिहारी बाजपायी एकना क्रिकेट मैदानमा लखनउले हैदरवादले दिएको १२२ रनको लक्ष्य १६ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

footer