kumari
stcnepal

आज यी प्रदेशमा हावाहुरी र बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बिहीवार कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाइएको छ । बिहीवार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । बिहीवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

footer