kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । आज राति पनि देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा चट्याङ्ग र तराईका क्षेत्रमा हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

footer