kumari
stcnepal

आज थपिए ५५ जना कोरोनाका संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले जनाएको छ । संक्रमण बढे सँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

footer