kumari
stcnepal

आजको मौसम : देशका पहाडी भूभागमा चट्याङ सहित बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ ।

footer