kumari
stcnepal

आज थपिए १७ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

शुक्रबार ५७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर २५७ पीसीआर परीक्षण भएको छ।

footer