kumari
stcnepal

आजको मौसम: देशका पहाडी भूभागमा चट्याङ सहित हल्का बर्षाको सम्भावना र अन्य भागमा मौसम सफा हुने

काठमाडौँ । हाल पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

footer