काठमाडौं। टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी नदिन माग गर्दै पीडितले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निवेदन दिने भएका छन् ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई माफी दिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको छ । निवेदनको राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका बताइएको छ । टीकापुर हत्याकाण्डमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहरा लगायतले राष्ट्रपति कार्यालयमा आज निवेदन दिन लागेका हुन् ।